ललितपुर – कुल ८५ हजार ८ सय ६१ मत खसेको ललितपुर महानगरपालिकामा हालसम्म ७९ हजार ८ सय ६३ मत गणना सम्पन्न भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार चिरिबाबु महर्जन अग्रस्थानमा हुनुहुन्छ । काङ्ग्रेसका उम्मेदवार महर्जनले ३९ हजार २ सय ३२ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ४ सय ९२ मतमात्र प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले २३ हजार ७ सय ३१ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १७ हजार २ सय ६३ मत प्राप्त गर्नुभएको छ । अहिले ललितपुर महानगरपालिकाको वडा नं २७ र २८ को मतगणना जारी छ भने वडा नं २९ को मतगणना गर्ने तयारी भइरहेको छ ।

२९ वटा वडा रहेको ललितपुर महानगरको मतगणना करिव करिव अन्तिम चरणमा पुगेको छ । अब ५ हजार ९ सय ९८ मतगणना हुन बाँकी रहेको यस महानगरमा आज साँझसम्म मतपरिणाम आउने बताइएको छ ।