प्रतिकात्मक तस्वीर
दोलखा – दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ५ ख ३११७ नम्बरको टिपरले पैदलयात्री वृद्धलाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौरीशंकरले जनाएको छ ।