काठमाडौं – नेपाली काङ्ग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनु भएको हो ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले स्थानीय तह निर्वाचबाट काङ्ग्रेसमात्र नभै गठबन्धनका सबै दलहरु समेत सफल भएको दावी गर्नुभयो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको कुरा गर्दा सफल हुँदैन भन्ने पार्टी भित्र र बाहिरका व्यक्तिहरुले स्थानीय तहको निर्वाचनको नतिजाबाटै जवाफ पाएको बताउनु भयो ।

प्रवक्ता महतले –‘गठबन्धन सफल हुन सक्दैन भनेर पार्टीभित्र र बाहिरबाट गफ हुन्थ्यो । यो सरकार कस्तो परिस्थितिमा बनेको सबैलाई थाहै छ,’ ‘ती भ्रमलाई चिरेर गठबन्धनको आधार मजबुद बनाएको छ । यो गठबन्धन प्रदेश र सङ्घको निर्वाचनमा पनि सँगै जान्छ ।’