काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । भने बाँकी २२ स्थानको मतगणना जारी छ । मतपरिणाम सार्वजनिक भएका ७२९ पालिकामध्ये नेपाली काङ्ग्रेसले ३२० स्थानीय तहमा जित हात पारेको छ । मतगणना जारी रहेको ६ स्थानीय तहमा पनि काङ्ग्रेसकै अग्रता कायम रहेको छ ।

यसैगरी १९९ स्थानीय तहमा नेकपा एमाले र १२० स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ भने बाँकी २ स्थानीय तहमा पनि माओवादी केन्द्रले अग्रता कायम गरेको छ । त्यसैगरी जनता समाजवादी पार्टीको २९ स्थानीय तहमा र नेकपा एकीकृत समाजवादीको १७ स्थानीय तहमा जित हात पारेको छ ।

मतगणना जारी भैरहँदा हाल थप दुई स्थानीय तहमा एकीकृत समाजवादीको अग्रता कायम रहेको छ भने १५ स्थानीय तहमा जित हात पारेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले थप एक स्थानीय तहमा अग्रता कायम गरिरहेको छ । दुई स्थानीय तह उदयपुरको त्रियुगा र बाजुराको बुसिढगंगामा मतदानकै प्रक्रिया बाँकी रहेका कारण ती स्थानीय तहको मतपरिणाम अनिश्चित रहेको जनाइएको छ ।