फाइल तस्वीर
काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरी रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई सिफारिस गरेको छ । आज सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजीहरू अरुणकुमार बिसी,दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।