प्रतिकात्मक तस्वीर


रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–८ सङ्ग्राहलय चोकमा गएराती ट्रयाक्टरको र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुलस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ । ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गएराती ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।