फाइल तस्वीर
तनहुँ – तनहुँ जिल्लाको ब्यास नगरपालिकाको मतगणना जारी छ । प्राप्त पछिल्लो मतगणना अनुसार नेपाली काङ्ग्रेसको मेयर पदका उम्मेदवार बैकुण्ठ न्यौपाने एमाले गठबन्धनका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको भन्दा ५ सय मतले अग्रता लिनुभएको छ ।

ब्यास नगरपालिकामा अहिलेसम्म २६ हजार ९ सय १७ मत गणना भैसकेको छ । सार्वजनिक भएको मत परिणाम अनुसार मेयर पदका प्रत्यासी न्यौपानेले ११ हजार २४ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले १० हजार ५५२ मत प्राप्त गर्नुभएको छ । मतको अन्तर बढाउँदै लग्नुभएको न्यौपाने यसअघि पनि ब्यास नगरपालिकाको मेयर हुनुहुन्थ्यो ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार करिब तीन हजार मत गन्न बाँकी रहेको छ । आज साँझसम्म उक्त नगरपालिकाको हार जितको अन्तिम नतिजा आउन सक्ने बताइएको छ ।