काठमाडौं – नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालाई बलात्कारका घटनामा हदम्याद बढाउने मागसहित ज्ञापनपत्र बुझाउनुभएको छ । आज आइतबार नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले उक्त मागसहित ज्ञापनपत्र बुझाउनुभएको हो ।

ज्ञापनपत्र बुझाउन नेविसङ्घका अध्यक्ष शेर्पासहितको टोली गएको थियो । पछिल्लो समय बलात्कारका घटनामा एकवर्षे हदम्याद बढाउनुपर्ने माग सहित चर्को आवाज उठ्दै आएको छ ।