कैलाली – कैलालीको गौरीगंगा नगरपालिका–३, कुचौनीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन् । ट्याक्टरको ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट घाइते भएकी स्कुटरमा पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।