महोत्तरी – महोत्तरीको भँगाहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी र उप–प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

भँगाहा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी पाउनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जीवकुमार साह ५ हजार ६ सय १७ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विजय मण्डलले ५ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उप–प्रमुखमा नेपाली काङ्ग्रेसकी उम्मेदवार शान्ति कुमारी सिंहले ५ हजार ७ सय ७५ मत ल्याएर जित हाँसिल गर्नुभएको छ भने लोकतान्त्रिक समाजवादी पाटीकी गङ्गाकुमारी सिंह दनुवारले ५ हजार ३ सय ५५ मत ल्याएर पराजित हुनुभएको छ ।