फाइल तस्वीर
काठमाडौं— गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन–२०७९ को सबै पालिकाको मतगणनाको नतिजा आउन अझै केही दिन लाग्ने देखिएको छ । देशका कुल ७५३ वटामध्ये ७०० वटा स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ भने बाँकी ५३ वटाको अन्तिम नतिजा आउन अझै केही समय लाग्ने देखिएको छ ।


निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनको नजितामा अहिलेसम्म नेपाली काङ्ग्रेसले ३०९ प्रमुख र २८३ उपप्रमुख जितेको छ । यस्तै नेकपा एमालेले १८९ प्रमुख तथा २१७ उपप्रमुख पदमा जितेको छ ।


यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १२० प्रमुख र १२५ उपप्रमुख पदमा जित निकालेको छ । यसैगरी जनता समाजवादीले २७ प्रमुख र ३० उपप्रमुखमा, एकीकृत समाजवादीले १७ स्थानमा प्रमुख २० उपप्रमुखमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १२ प्रमुख र ९ उपप्रमुखमा जितेको छ । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दल र स्वतन्त्र उम्मेदवार पनि केही प्रमुख र उपप्रमुख पदमा जितेका छन् ।