फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयले प्रवेश पाएको छ । सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको उक्त विषयलाई नेपाली काङग्रेसका सांसद गगन थापाले संसद बैठकमा उठाउनु भएको हो ।

सांसद थापाले यो विषय सामाजिक सञ्जालमा हेरिसकेपछि आफ्नो छोरी डराएको भन्दै जसलाई अभियोग लागेको छ, उनीहरुमाथि छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराएउनु भएको छ । सांसद थापाको यस्तो आग्रह पछि सभामुख अग्निप्रसाद सापकोटाले छानविन गर्न सरकारलाई निर्देशन दिनु भएको छ ।

आज बिहानमात्रै यसै विषयलाई लिएर स्वतः स्पूmर्तरुपमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्लेकार्ड सहितको युवा समूहले न्यायीक छानविनको माग गरेका थिए ।