काठमाडौं – सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि बलात्कृत भएकी युवतीले न्याय पाउनु पर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गर्दै एक घण्टा प्रधानमन्त्रीको सरकारी निवास अगाडि लेखिएका विभिन्न प्लेकार्ड सहित न्यायीक छानबिनको माग गरेका छन् ।


‘अकुपाइ बालुवाटार’ को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका हुन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी थिइन् । पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो ।
बलात्कार पीडितलाई न्याय माग्दै युवाहरूले आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा धर्ना दिएका थिए ।