काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायमै रहेको छ । ७० हजार ३ सय ८९ मतगणना हुँदा बालेन्द्रले २६ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार १ सय ६५ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले १३ हजार ५सय ६२ मत प्राप्त गरेकी छन् ।