बाँके – नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका प्रशान्त बिष्ट विजयी हुनुभएको छ । बिष्ट २३ हजार ४ सय ६० मतसहित बिजयी हुनुभएको हो ।

नेकपा (एमाले)का पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गर्नुभएको छ । बिष्ट ११ हजार ७८५ मतान्तरले विजयी हुनुभएको हो । राप्रपाका नन्दलाल बैश्यले सात हजार ५९८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दिन राई १७ हजार ९ सय ५० मतसहित विजयी हुनुभएको छ ।

एमालेका शान्ती ढकालले १० हजार ९ सय १५ मत र राप्रपाका बिन्दु चर्तिमगरले १० हजार १ सय ३५ प्राप्त गर्नुभएको छ । नेपालगञ्जका २३ वडा मध्ये जसपाले ५, १३, १४, १५, २०, २२ गरि ६ वटा वडा, काङ्ग्रेसले १२, १७, १९, २१, २३ गरि ५ वटा वडा, एमालेले १, ६, ७, ९, १८ गरि ५ वटा वडा ,माओवादीले ३, ४, ११, १६ गरि ४ वटा वडा र राप्रपाले २, ८, १० गरि ३ वटा वडामा जित हाँसिल गरेको छ ।