सर्लाही – सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी हुनुभएको छ । मतगणनाका क्रममा अन्तिम समयसम्म कडा प्रतिष्पर्धा देखिएको हरिवनको मेयरमा बुढाथोकीले निवर्तमान मेयर एमालेका गणेशप्रसाद प्रसाईंलाई १५३ मतले पराजित गर्न सफल हुनुभयो ।

सात हजार २ मतसहित बुढाथोकी विजयी हुनुभएको छ भने निवर्तमान मेयर प्रसाईंले ६ हजार ८ सय ४९ मत प्राप्त गर्नुभएको छ । माओवादीले एउटा वडा र सदस्यसमेत नजित्दा पनि माओवादीका बुढाथोकी मेयरमा विजयी हुनुभएको छ । यो सहित माओवादीले सर्लाहीका तीन पालिकामा प्रमुख हात पारेको छ ।

वडा नम्बर १, २, ४ र ९ को वडाध्यक्ष काङ्ग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेको छ । उपमेयरमा भने एमालेकी घलान ६ हजार ८ सय ५५ मतसहित विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी माओवादीकै पद्मा मोक्तानले ५ हजार ३ सय २१ मत प्राप्त गर्नुभएको छ ।