वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएका छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी हुनुभएको हो । चन्दले ६ हजार १७० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गर्नुभयो । नौ वडा रहेको सिम्तामा एमालेले पाँच र काङ्ग्रेसले चार वडामा जित हासिल गरेको छ । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए ।

सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौवटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ । काङ्ग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।