साङ्केतिक तस्वीर

जाजरकोट– जुनीचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृतक रेशम बहादुर खड्का, बिर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट रेशम बहादुर गम्भीर घाइते भएको खबर प्राप्त भएपश्चात् जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय पञ्चलादहबाट खटिएको प्रहरीले उपचारको लागि सुर्खेततर्फ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।