प्रतिकात्मक तस्वीर

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरियाली नगरमा आज बिहान ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई हाल काठमाडौं थली बस्ने अन्दाजी ६० वर्षीय नरबहादुर खड्का रहेका छन् ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा नारायणटार स्थित शङ्खरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बा ४ ख ५००५ नम्बरको पानी ट्याङ्करले आज बिहान सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । ट्याङ्कर सहित चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको जनाएको छ ।