काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह २२ हजार ८ सय ४२ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत ल्याएका छन् भने गठबन्धनबाट नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ९ सय ८६ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकामा मत गणना जारी छ ।