नवलपरासी – नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेकी विमला अर्याल र उप–मेयरमा एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको हो ।

एमालेबाट उम्मेदवार लिनुभएकी अर्यालले १४ हजार ८ सय ३८ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६ सय २० मत ल्याएर पराजित हुनुभएको हो ।

उपमेयरमा निर्वाचित दुवेले १३ हजार ७ सय ९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८ सय ९० मत प्राप्त गर्नुभएको छ । १३ वडा रहेको सुनवलमा ७ वटा वडामा नेकपा एमाले, ५ वटा वडामा नेपाली काङ्ग्रेस र एउटा वडामा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।