फाइल तस्वीर


काठमाडौं– वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशभर कुल ७५३ वटा स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भैसकेको छ । अधिकांश नगरपालिका र गाउँपालिको नतिजा आइसकेको छ भने ६ काठमाडौ, भरतपुर, पोखरालगायत ६ वटा महानगरपालिका र ११ उपमहानगरको अन्तिम नतिजा भने आउन अझै बाँकी छ । महानगरपालिका र उपमहानगरपालिकासहित अझै केही नगरपालिका र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोगले जनाएको छ ।

स्थानीय तहको हालसम्म प्राप्त नतिजा अनुसार नेपाली काङ्ग्रेसले १ सय ९८मा, नेकपा एमालेले १२० स्थानमा, माओवादी केन्द्रले ८७ स्थानमा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र स्वतन्त्र गरी ३० रहेका छन् । वैशाख ३० मा निर्वाचन भएका कतिपय स्थानमा मतगणना भर्खर मात्र सुरु भएको छ भने कतिपयमा वैशाख ३० पछि पनि निर्वाचन भएको छ । तनहुँ जिल्लाको व्यास नगरपारिकाको वडा नं. ८ को मतदान रद्द भएको र आज पुनः मा मतदात भइरहेको छ ।

महानगर र उपमहानगरपालिकाको मत गणनाको नतिजा आउन अझै केही दिन लाग्ने देखिएको छ । मतगणनाको काम ज्यादै सुस्त देखिएको छ ।