काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिनुभएको छ ।

काठमाडौं समेतका कतिपय स्थानमा स्वतन्त्र व्यक्तिहरुले जित हासिल वा अग्रता लिइरहेकोतर्फ सङ्केत गर्दै उहाँले आज गर्नुभएको ट्वीटमा भन्नु भएको छ, ‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ –जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् ।’

उहाँले अगाडि भन्नु भएको छ, ‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् । दुःखद कुरा विकल्प पनि छैन ।’ देशभर मतगणनाको कार्य जारी छ । यद्यपी दलहरूकै प्रतिनिधिहरूले अधिकांश स्थानमा विजय हासिल गरिरहेका छन् ।