रोल्पा – रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । सुनछहरी गाउँपालिकामा काङ्ग्रेस, एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको थियो । तर, तीन दलीय गठबन्धनलाई हराउँदै माओवादी केन्द्रले सुनछहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हाँसिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा माओवादीका धनबहादुर पुन मगर विजयी भएका छन् । धनबहादुरले तीन दलीय गठबन्धनका तर्फबाट विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिएका पुस्तमन घर्ती मगरलाई पराजित गरे । धनबहादुरले ३ हजार ४ सय ३९ मत पाउँदा पुस्तमनले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रकी ननकला घर्ती ३ हजार ४ सय ९२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका कोम बुढा मगरले १ हजार ६ सय ११ मत प्राप्त गरेका छन् ।