फाइल तस्वीर
काठमाडौं – काठमाडौं महानगरपालिकाको जारी मत गणना अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले एमालेका केशव स्थापितलाई ५ हजार ५८ मतको फराकिलो अन्तरले पछि पारेका छन् ।

मत गणताको सुरुवातदेखि नै एमाले र गठबन्धनका उम्मेदवारलाई पछिपार्दै आएका साहले पछिल्लो मत गणनामा १० हजार ८ सय ९९ मत पाएका छन् भने साहका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८ सय ४१ मत ल्याएका छन् । तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।