काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरबाट कृष्णहरि महर्जन र उपमेयरबाट सिर्जना बुर्लाकोटी निर्वाचित भएका हुन् ।

मेयरमा उम्मेदवार महर्जनले ११ हजार ९ सय ८८ मत ल्याउन सफल सफल भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८ सय ८ मत प्राप्त गरेका छन् ।

काङ्ग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७ सय ८६ मत पाइन् । उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरेकी छन् ।