फाइल तस्वीर
काठमाडौं – वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म २५४ वटा स्थानको मत परिणाम आइसकेका छन् । प्राप्त मत परिणाम अनुसार नेपाली काङ्ग्रेस सबैभन्दा अगाडि रहेको छ भने दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी रहेको छ । यसैगरी चौंथो स्थानमा नेकपा एकीकृत समाजवादी र पाँचौं स्थानमा जनता समाजवादी पार्टी रहेका छन् ।

अहिलेसम्म नेपाली काङ्ग्रेसले १ सय २५ स्थानमा प्रमुख र १ सय २० स्थानमा उपप्रमुखमा जितिसकेको छ भने नेकपा एमालेले ७३ स्थानमा प्रमुख र ७५ स्थानमा उपप्रमुखमा जिते छ । तेस्रो दलको रुपमा रहेको नेकपा माओवादीले पनि एमालेलाई पछ्याउँदै ५९ स्थानमा प्रमुख र ५९ स्थानमै उपप्रमुख जितेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीले ४ प्रमुख र ८ उपप्रमुखमा जितेको छ भने जनता समाजवादी पार्टीले ३ प्रमुख र ३ उपप्रमुखमा विजय प्राप्त गरेको छ ।

मतगणताको प्राप्त विवरण अनुसार नेपाली काङ्ग्रेसले १८५ स्थानमा प्रमुख र १५५ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ भने नेकपा एमालेले १२२ स्थानमा प्रमुख र १४१ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ ।

यसैगरी नेकपा माओवादी केनद्रले पनि ६२ स्थानमा प्रमुख र ७७ स्थानमा उपप्रमुख पदमा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले १५ प्रमुख र १२ उपप्रमुखमा, जनता समाजवादीले २९ स्थानमा प्रमुख र ३५ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १४ प्रमुख र १४ उपप्रमुखमा अग्रता लिएको छ ।