फाइल तस्वीर
चितवन– चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रम जारी छ । मत गणयाको पछिल्लो परिणामअनुसार सत्ता गठबन्धन दलकी मेयर पदकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । निकै रोचक र प्रतिस्पर्धा देखिएको भरतपुर महानगरपालिकाको निर्वाचनको मत गणना गर्दा रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच एकले अर्कोलाई उछिन्ने क्रम चलिरहेको छ ।

यतिबेला पुनः माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् भने एमालेका विजय सुवेदीले उनलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा भने स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका नेता जगन्नाथ पौडेलल छन् । प्राप्त मत गणना अनुसार रेणु दहालले अहिलेसम्म प्राप्त गरेको मत भने ५ हजार ९४७ रहेको छ । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ८८८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको २ हजार ९०५ मत रहेको छ ।
यसैगरी उपमेयर पदको गठबन्धन दलका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले अग्रता बनाएका छन् ।