फाइल तस्वीर
काठमाडौं – आज मङ्गलबारदेखि सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको बैठक बस्दैछ । बर्खे अधिवेशन आजबाट सुरु हुन लागेको हो । जेठ १५ गते आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को आय व्यय सहितको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आजबाट सुरु हुन लागेको हो । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट बारेमा छलफल हुनेछ ।

अर्थ मन्त्रालय केही महिना अघिदेखि बजेट निर्माण गर्ने कार्यमा जुटिरहेको छ । बजेट निर्माणका क्रममा विभिन्न अर्थविज्ञ, उद्योगी व्यवसायीहरु र अन्य सरोकार पक्षहरुसँग सल्लाह सुझाव माग गरी बजेट निर्माण गर्ने कार्य प्रारम्भ भएको थियो ।

प्रतिनिधिसभाको बैठक आज मङ्गलबार अपरान्ह ४ बजे बानेश्वरस्थि सङ्घीय संसद भवनमा बस्नेछ ।