फाइल तस्वीर
भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुहुँदै ।

भैरहवा– प्रधानमन्त्री शेरबहादु देउवा र भारतीय प्रधानमन्त्रीबीच आज सोमबार भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा भेट भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको दिन आज लुम्बिनी भ्रमणमा नेपाल आउनु भएको हो ।

सोही क्रममा दुई देशका समकक्षीद्वयबीच विभिन्न पाँचवटा विषयमा सम्झौता भएका छन् । विषयगते पाँच बुँदाको समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । नेपाल र भारतका प्रतिनिधि मण्डलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । गौतमबुद्धको जन्मदिन पारेर भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी क्षेत्रको भ्रमण गर्दै यस क्षेत्रको सम्वद्धन र प्रवर्धन गर्न जोड दिएको बताउनु भएको छ ।

लुम्बिनी क्षेत्रको विकासका लागि आज दुई प्रधानमन्त्रीबीच भएका समझदारी पत्रका पाँच बुँदाहरु यहाँ उल्लेख गरिएका छन् ।
१. लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

२. सेन्टर फर नेपाल एण्ड एसियन स्टडिस (सिएनएस) र त्रिभुवन विश्वविद्यालयसँग इन्डियन काउसन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) बीच सम्झौता ।

३. काठमाडौं विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आइसिसिआर) सँग सम्झौता ।

४. काठमाडौं विश्वविद्यालय र नेपाल एण्ड द इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी मदरासवीच सम्झौता ।

५. अरुण ४ निर्माण गर्न एसजेभीएन कम्पनीबीच सम्झौता ।

यसैबीच, नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालकोसंयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।

नेपालको एक दिने भ्रमणको क्रममा सोमबार बिहान लुम्बिनी आइपुग्नु भएका भारतका प्रधानमन्त्री मोदी अहिले लुम्बिनीमा आयोजित विभिन्न समारोहमा सरिक हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।