फाइल तस्वीर
काठमाडौं – वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनको परिणाम धमाधम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

आयोजबाट प्राप्त विवरण अनुसार अहिलेसम्म नेपाली काङ्ग्रेसले सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष पदमा जित हासिल गरेको छ । सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार अहिलेसम्म काङ्ग्रेसले ४० वटा स्थानीय तहको प्रमुखमा जितेको छ । नेकपा एमालले ३५ वटा पालिकाको अध्यक्ष र नेकपा माओवादी केन्द्रले २५ वटा पालिकामा अध्यक्ष पदमा जितेको आयोगको तथ्याङ्कमा उल्लेख छ । हालसम्म नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुई र अन्यले एक पालिका प्रमुख÷अध्यक्षमा विजयी बनेका छन् ।

हालसम्म भएको मतगणना अनुसार नेपाली काङ्ग्रेसले २५९ वटा पालिकाको प्रमुख/अध्यक्ष मा, नेकपा एमालेले १५१ वटा पालिका प्रमुख/अध्यक्षमा र नेकपा माओवादी केन्द्रले ९६ पालिका प्रमुख/अध्यक्षमा अग्रता लिएका छन् । यसैगरी एकीकृत समाजवादीले १८ पालिका प्रमुख/अध्यक्षमा, जनता समाजवादी पार्टीले २९ पालिकाको प्रमुख/अध्यक्षमा, लोकतान्त्रिक समाजवादी पार्टीले ११ पालिका प्रमुख/अध्यक्षमा र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

हालसम्म अन्तिम नजित आएका १०३ पालिकाको उपप्रमुख/उपाध्यक्षमध्ये कांग्रेसले ४६, एमालेले ३२, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र अन्यले २ ठाउँमा जितेका छन् ।