रेणु दाहाल, फाइल तस्वीर
चितवन– भरतपुर महानगरपालिकाको मेयर पदको एमालेका उम्मेदवार विजय सुवेदीले माओवादी केन्द्रकी रेणु दाहाललाई पछि पारेका छन् । प्राप्त विवरणअनुसार अहिलेसम्म १२ हजार १२६ मत गणना भएको छ । जसअनुसार सुवेदीले ४ हजार १८१ मत प्राप्त गरेका छन् भने रेणु दाहालले ४ हजार १४४ मत प्राप्त गरेकी छन् । एमालेका सुवेदी र माओवादी केन्द्रकी रेणुबीच तिव्र प्रतिस्पर्धा रहेको छ । यसैगरी तेस्रोस्थानमा स्वतन्त्र उम्मेदवार भनिएका नेपाली काङ्ग्रेसका नेता जगन्नाथ पौडेलले १ हजार ७५३ मत प्राप्त गरेका छन् ।

बालेन शाह, फाइल तस्वीर

यसैगरी काठमाडौं नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार केशव स्थापितको भन्दा बालेन साहको मत अन्तर दोब्बर रहेको छ । स्थापितले ३ हजार ६ सय ४४ मत पाएका छन् । यता गठबन्धनकी साझा उम्मेदवार नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ३ हजार २०८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन् ।