फाइल तस्वीर
काठमाडौं – गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको अहिलेसम्म परिणाम अनुसार नेपाली काङ्ग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् । सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काङ्ग्रेसले ४६ स्थानमा प्रमुखमा जितेको छ भने एमालेले ४३ स्थानमा प्रमुखमा जितेको छ । यसैगरी माओवादी केन्द्रले २५ स्थानमा जित निकालेको छ । उपप्रमुखमा नेपाली काङ्ग्रेसले ४९, नेकपा एमाले ३७, माओवादी केन्द्रले १९ स्थानमा जित हासिल गरेको छ ।

मतगणना भएको स्थानहरुको मत परिणाम अनुसार नेपाली काङ्ग्रेसले २५६ प्रमुखमा, २०६ उपप्रमुखमा, एमालेले १६२ प्रमुखमा, १८६ उपप्रमुखमा र नेकपा माओवादी केन्द्रले ९६ स्थानमा प्रमुखमा र ११७ स्थानमा उपप्रमुखमा अग्रता लिएका छन् ।

यसैगरी जनता समाजवादी पार्टी नेपालले ३३ स्थान प्रमुख र उपप्रमुखमा ३७, लोकतान्त्रिक समाजवादी पार्टीले १४ प्रमुख र ११ उपप्रमुखमा र नेकपा एकीकृत समाजवादीले १६ स्थानमा प्रमुख र १५ स्थानमा अग्रता लिएका छन् ।