डोटी – डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिपायलमा सुपप्र ००१००८ प ६६०५ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन् ।

पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक योगेश कठायत गम्भीर घाइते भएका छन् ।

उनको टाउको र शरीरमा चोट लागेको र शैलेश्वरी अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । मृतक नवराजको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढीमा पठाइएको प्रहरीले जनाएको छ । रासस