काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।