फाइल तस्वीर
काठमाडौं – नेकपा एमालेले स्थानीय तहको शुक्रबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तीमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।

महासचिव पोखरेलद्वारा जारी विज्ञप्तीमा ‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएका मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं,’ भनिएको छ ।

उक्त विज्ञप्तीमार्फत् एमालेले पुनः मतदान र मतगणनाको लागि दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिइ कार्यान्वयन गर्न समेत माग गरेको छ ।