ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि मतगणना स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो वडाको मतगणना स्थगित गरिएको हो ।

गणनाका लागि खनाइएको मतपत्रलाई पुनः मतपेटिकामा हालेर सिलबन्दी गरिएको महालक्ष्मी नगरपालिकाका काङ्ग्रेस नेता सुदर्शन घिमिरेले जानकारी दिनुभयो ।

सो नगरपालिकामा अहिले वडा नम्बर–९ र १ को मतगणना पनि जारी रहेको बताइएको छ ।