फाइल तस्वीर
भरतपुर – बैशाख ३० गते शुक्रबार सम्पन्न भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतगणतामा रेणु दाहालको अग्रता कायम छ । दाहालले आफ्ना निकटम प्रतिद्वन्द्व एमालेका विजय सुवेदीलाई १ सय १० मतले पछिपारिकी छन् ।

प्राप्त मतपरिणाम अनुसार मेयर पदकीदाहालले १ हजार १ सय ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ६८ मत पाएका छन् । सत्ता गठबन्धनले रेणु दाहाललाई साझा उम्मेदवार बनाएको छ भने एमालेका उम्मेदवार विजय सुवेदीलाई राप्रपाको साथ रहेको छ ।

यता स्वतन्त्र उम्मेदवारका रुपमा उठेका नेपाली काङ्ग्रेसका नेता जगन्नाथ पौडेलले ४ सय ११ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा छन् । भरतपुर महानगरपालिकाको मेयर पदमा मुख्य प्रतिस्पर्धा भनेकै माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका नेता विजय सुवेदीबीच नै रहेको छ ।