फाइल तस्वीर
काठमाडौं – सर्वाधिक चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायम राख्दै मतभार बढाउँदै लगेका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा ५९० मतले अगाडि रहेका छन् ।


मेयरका उम्मेदवार साहले १५७५ मत ल्याएका छन् भने पूर्व मेयर, बागमती प्रदेशका पूर्व भौतिक योजना मन्त्रीसमेत रहेका केशव स्थापितले अहिलेसम्म ९८५ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले भने ८२५ मत प्राप्त गरेकी छन् ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा भने एमालेको तर्फबाट उम्मेदवार नै धेरै अगाडि छन् । गठबन्धनका उपमेयरका उम्मेदवारभन्दा उनी धेरै अगाडि छन् ।