फाइल तस्वीर
काठमाडौं – स्थानीय तहको हिजो सम्पन्न निर्वाचनको मतगणनाको काम सुरु भएको छ । केही स्थानीय तहको नतिजा आउनु थालेको छ । मनाङ्को नार्पाभूमि गाउँपालिकामा नेपाली काङ्ग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । यसैगरी दाङ जिल्लाको राप्ती गाउँपालिकाको वडा नं. ९ मा रिमबहादुर सुनारी मगर विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुको नतिजा आउनु क्रम सुरु भएको छ ।

रिमबहादुर सुनारी मगर


रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धनले सुरुवाती अग्रता लिएको छ । नगरपालिकाको वडा नं. एकको ७ सय ९२ मत गन्दा कांग्रेसका इस्तियाक अहमद खानले ३९१, राप्रपाका सागरप्रताप राणाले १६५ र एमालेका डा.रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टीकी आस्मा खातुनले १४४ र राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याएकी छन् । वडा अध्यक्षमा नेपाली कांग्रेसले ४१६, जसपाले १६५ र एमालेले ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।