काठमाडौं– आज शुक्रबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आजबाटै मतगणनाको कार्य सुरु गर्ने तयारी भएको छ ।

यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजानेक्रम सुरु भएसकेको छ । सङ्कलित मतपेटिकाहरु मतगणनाको लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा लगिएको छ ।