ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् । निधन हुनेमा करिब २५ वर्षीय विनोद कार्की रहेका छन् । उनी खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका उनी स्काभेटर चालक हुन् ।

दोभानका टंक खतिवडाको स्काभेटर चालक उनी दोभानमा काम सकेर भोट हाल्न भनी खोक्लिङ हिँडेका थिए । राती अबेरसम्म घर आइनपुगेपछि खोजी गर्दा खोक्लिङको भीरमा उनी मृत भेटिएका हुन् ।

उनको लडेर निधन भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।