धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा करिब २० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ । छ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरुलाई पनि ल्याइँदै गरेको जनाएको छ । घाइतेहरूको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।