साङ्केतिक तस्वीर
काठमाडौं – आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंको कलङ्की चोकमा थानकोटबाट स्वयम्भुतर्फ गैरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते हुन पुगेका धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका मोटरसाइकल चालक ४५ वर्षीय दिवाकर अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारार्थ महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा लगिएको थियो । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।