फाइल तस्वीर
काठमाडौं – वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको दिन देशका सबै आन्तरिक हवाइ उडानहरु बन्द गरिने भएको छ । वायुसेवा सञ्चालक सङ्घले निर्वाचनको दिन सबै उडानहरु बन्द गर्ने निर्णय हो ।

तर अन्तर्राष्ट्रिय उडानहरु भने यथावत सञ्चालन हुने बताइएको छ । आन्तरिक हवाइ उडानका हकमा आकस्मिक मानवीय उद्धार, सहायता उडान एवम् सरकारको निर्देशन अनुसारका उडानहरु भने गर्ने सङघले जनाएको छ ।

यसैगरी निर्वाचनको दिन वैशाख ३० गते शुक्रबार सबै खालका यातायातहरु समेत बन्द हुने भएका छन् । यहि २२ वैशाखमा बसेको निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै किसिमका यातायातका सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो । सोही अनुसार वायुसेवा सञ्चालक सङ्घले निर्वाचनको दिन आन्तरिक सबै उडान बन्द गर्ने लागेको हो ।

मतदानको दिन भने यति एयरलाइन्सले मानवीय उद्दार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्ने जनाएको छ । त्यस्तै अन्य एयरले पनि मानवीय उद्धार तथा अनुमति प्राप्त चार्टर उडान भने कायमै राख्ने सङ्घले बताएको छ ।