फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । पत्रकार सम्मेलन आज आइतबार बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने छ ।

देशको समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभएको छ ।