वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादेपीपलमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । गएराति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

झडपमा परी काङ्ग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उमेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य छ । प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली खटाइएको छ ।