काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा बिहानै वर्षा भएको छ ।

उपत्यकाको आकाश बदलीले ढाकेको छ भने केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।