चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो नरहेको दाबी गर्नुभएको छ । देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेकोले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने उहाँले दाबी गर्नुभयो ।

चुनावी सभालाई सम्बोधन गर्न चितवन पुग्नुभएका प्रचण्डले स्वतन्त्र उम्मेदवार उठ्ने प्रत्येक नेपालीलाई अधिकार रहेकाले यसमा धेरै टिप्पणी र चर्चा गर्न आवश्यक नरहेको बताउनुभयो । उहाँले चुनावको फैसला भरतपुरका जनताले गर्ने बताउनुभयो ।

‘गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ । अब फैसला चितवनको जनताको हातमा छ,’ उहाँले भन्नुभयो,’ उम्मेदवारी उठ्ने स्वतन्त्रता कोही पनि नेपालीलाई छ । यसको बारेमा धेरे चर्चा गर्न आवश्यक छैन ।’