फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी केही भातृसङ्घ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगित गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएकै कारण अधिवेशन÷महाधिवेशन गर्न सम्भव नभएकाले स्थगित गर्नु परेको काङ्ग्रेसले जनाएको छ ।


ललितपुरको सानेपास्थित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलहरसँग तालमेल गरिएका उम्मेदवारहरुलाई विजयी गराउनका लागि खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गरिएको बताइएको छ ।

साथै काङ्ग्रेसले स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै बैठक बसेर अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्न पनि निर्देशन दिएको छ । पार्टी कार्यालयका मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तीमा ‘निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन÷महाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्ने गरी पूर्व निर्धारित अधिवेशन÷महाधिवेशन हाललाई स्थगित गर्नु हुन सम्बन्धित भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुलाई निर्देशानुसार जानकारी गराइएको छ’ भनि उल्लेख गरिएको छ ।